Search
Close this search box.
Search
Close this search box.

राप्रपा भद्रपुर नगर समितिले सम्पन्न गर्‍यो नेतृत्व विकाससम्बन्धी प्रशिक्षण

भद्रपुर, पुस ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितिले नेतृत्व विकास र संगठन सुदृढीकरणको उद्देश्यले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भद्रपुरको सगरमाथा चौकस्थित होटल डेग्लोमा सम्पन्न भएको छ।

नगर अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा केन्द्रीय सह-महामन्त्री भारतेन्दु कुमार मल्लिक (जिबु)को उपस्थिति रहेको थियो। कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय प्रशिक्षक सह-महामन्त्री रमानन्द न्यौपाने थिए।

EPIC EPIC EPIC

कार्यक्रममा प्रशिक्षणका लागि जिल्ला अध्यक्ष केशव ओझा र जिल्ला सचिव अभिषेक ढुंगानाले सहजीकरण गर्नुभयो। कार्यक्रमको सुरुवातमा भद्रपुर उपाध्यक्ष तथा वडा नं. ३ का वडाध्यक्ष हेम बहादुर कार्की (सन्तु)ले स्वागत मन्तव्य राखेका थिए।

मुख्य प्रशिक्षकको रूपमा केन्द्रीय सह-महामन्त्री रमानन्द न्यौपानेले नेतृत्व विकास, संगठन सुदृढीकरण, र पार्टीका एजेन्डाहरूका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमकै दौरान नगर अध्यक्ष राईले माधव पोखरेललाई सह-सचिव र देवेन्द्र पोखरेललाई सूचना सञ्चार तथा प्रचारप्रसार प्रमुखमा मनोनयन गरिएको घोषणा गरे। यसका साथै, डेढ वर्ष नगर संयोजकको रूपमा भूमिका निर्वाह गर्नुभएकी जिल्ला उपाध्यक्ष सीता लम्साल र पाँचौं नगर अधिवेशनका संयोजक भारतेन्दु कुमार मल्लिकलाई सम्मान गरियो।

बोल्दै नगर अध्यक्ष राईले पार्टीलाई कर्मकाण्डी हिसाबले मात्र चल्न नहुने भन्दै सबैको सल्लाह, सुझाव र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले पार्टीलाई गति दिन र सुदृढ बनाउने जिम्मेवारी सबैको भएको धारणा राखेका थिए।

कार्यक्रमले पार्टीलाई थप सशक्त बनाउँदै संगठनात्मक गतिविधि अघि बढाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *