कचनकवल, भाद्र २। राजेद्र लिङ्देन र कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र रहेको दक्षिणी झापाको कचनकवल गाउँपालिका राप्रपा र नेपाली काङ्ग्रेस पार्टी त्याग गरि करिब २ हजार जना एमाले प्रवेश गरेका छन् । आज भएको पार्टी प्रवेश कार्यक्रमले राप्रपा र काँग्रेसमा अत्यधिक क्षती भएको अनुमान गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले र दुर्गा प्रसाईं आज भएको उक्त कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् । राप्रपाका पूर्व पालिका अध्यक्ष अन्जार आलमका भाई शेर आलम सहितका नेता कार्यकर्ता एमाले प्रबेश गरेको एमाले कचनकवल गाउँ कमिटीले जानकारी गराएको छ