बाह्रदशी। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) बार्हदशीको पालिका स्तरीय अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमा प्रवीण काफ्ले अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
नयाँ कार्यसमितिमा अन्य पदाधिकारीहरूको चयन पनि गरिएको छ। उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिवमा रेनुका पोख्रेल, सहसचिवमा राधिका वाग्ले, र कोषाध्यक्षमा सोनिका हेमरम निर्वाचित भएका छन्।
कार्यसमितिमा विक्रम किस्कु, जयराम राजवंशी, रक्षा खत्री, हनी राजवंशी, दिपेश गणेश, आयुश गौतम, प्रतीक पाण्डे, अरुण मार्डी, डिजन शाह, विक्रम शाह, मोनु शाह, गरिमा तामाङ, प्रतिमा कटुवाल, अभिनास राजवंशी, दिपेश घिमिरे, अभिशेख खरेल, र घनेश्वर राजवंशी सदस्यहरूका रूपमा चयन भएका छन्।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राप्रपा केन्द्रिय सदस्य राम प्रसाद सिंह राजवंशीले गरेका थिए। शुभकामना मन्तव्य विशिष्ट अतिथि कोशी प्रदेश सभा सदस्य निमसरी राजवंशी र राप्रविस कचनकवल गाउँ कमिटी अध्यक्ष विकास शर्माले व्यक्त गरेका थिए।
कार्यक्रमको सभाध्यक्ष राप्रविस बार्हदशी उपाध्यक्ष प्रबिन काफ्लेले गरेका थिए। यस अवसरमा विभिन्न अतिथिहरू, जिल्ला अध्यक्ष केशव ओझा, बाह्रदशी गाउँपालिका कमिटी राप्रपा अध्यक्ष बिपि कटुवाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका जिल्ला संयोजक चक्र फुयाल, र बाह्रदशी महिला संगठनकी अध्यक्ष अरुणा राजवंशीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यार्थी नेता तथा केन्द्रिय विद्यार्थी संगठनका सदस्य मुन्ना आलमले गरेका थिए।