नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि उनको गृहजिल्ला तनहुँमा दीपावली गरिएको छ ।
पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएपछि साँझ उनको दमौलीस्थित घरनजिकै व्यास नगरपालिका-३ अनसनचौतारामा दीपावली गरिएको हो ।
कांग्रेसका जिल्ला नेता, नेविसंघका नेता-कार्यकर्ताले पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा दीप बालेर खुसी मनाएका हुन् ।