रामेछापमा बढे सर्पदंशका बिरामी

रामेछाप। हिमाली जिल्ला रामेछापमा सर्पदंशका विरामी बढेका छन्। सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली अस्पतालमा गत साउनदेखि असोज १४ गतेसम्म ३० जनाभन्दा बढी सर्पदंशका विरामी आएका छन्।

मन्थली अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा १२ जना सर्पदेशका बिरामी आएका थिए। गत वर्षको तुलनामा यो वर्ष सर्पले टोकेका बिरामी बढेको मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले बताउनुभयो । “सर्पले टोकेर अस्पताल आएका बिरामीमध्ये पिट

EPIC EPIC EPIC

निःशुल्क उपचार

भाइपर (हरेड) सर्पले टोकेका विरामी धेरै छन्.” उहाँले भन्नुभयो । अस्पतालमा आउने सर्पदंशका बिरामीलाई विषालु सर्पले डसेको हो कि सामान्य सर्पले त्यो पहिचान गरी उपचार गर्ने गरिएको उहाँले बताउनुभयो। यो वर्ष सर्पले टोकेर मन्थली अस्पतालमा आएका ३० जना विरामीमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको उहाँले बताउनुभयो ।

रामेछापमा चेतनाको अभावले सर्पले टोकेपछि टोकिएको ठाउँबाट रगत नै सञ्चालन नहुने गरी बाँध्ने, टोकेको ठाउँमा गोवरलगायत विभिन्न वस्तु लगाउने समस्या देखिएको उहाँले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *