राष्ट्रव्यापी गजल प्रतियोगितामा झापाका विनोद “विद्रोही” सर्वोत्कृष्ट पुरस्कारद्वारा सम्मानित

झापा। नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौंडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव’ कार्यक्रम अन्तर्गत राष्ट्रव्यापी गजल प्रतियोगितामा पूर्वी झापाका गजलकार विनोद थापा “विद्रोही” सर्वोत्कृष्ट पुरस्कारद्वारा सम्मानित भएका छन्।

EPIC

३९ गजलमध्ये सात प्रदेशबाट उत्कृष्ट ७ गजल छनोट गरि गत १० गते हेटौंडा उपमहानगरको भुटनदेवी माविमा सम्पन्न गजल वाचन प्रतियोगितामा “विद्रोही” को गजल उत्कृष्ट वाचनका साथ शीर्ष स्थानमा पर्न सफल भएको हो। गजल लेखनतर्फ ९० अंक र वाचनतर्फ १० अंक गरी १०० पूर्णाङ्कको यस प्रतियोगितामा थापाले सर्वोत्कृष्ट स्थान प्राप्त गर्दै नगद रु ७ हजार सहित प्रमाणपत्रद्वारा सम्मान प्राप्त गरेका छन्।

EPIC EPIC EPIC

नयाँ तथा प्रतिभाशाली साहित्यकारलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्पन्न उक्त समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालका विभिन्न प्रदेशबाट साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई समेत सम्मान गरिएको थियो। अग्रज स्रष्टाहरूको सूचीमा कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही, र सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा ‘कछुवा’ सम्मानित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. चुडामणि बन्धुले नवसर्जक साहित्य चौतारीले गर्दै आएको योगदानको प्रशंसा गर्दै नेपाली साहित्यको प्रवर्द्धनमा यस्ता सम्मान तथा पुरस्कारले ठूलो भूमिका खेल्ने बताए।

कोशी प्रदेशको कमल गाउँपालिका–१ स्थायी बासिन्दा तथा हाल दमक नगरपालिका–५ मा बसोबास गर्दै आएका गजलकार विनोद थापा “विद्रोही” विगत ६ वर्षदेखि साहित्य सिर्जनामा सक्रिय छन्। तीन वर्षअघि प्रकाशित उनको संयुक्त गजल संग्रह “जूनतारा” उनको पहिलो कृति हो। नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका थापा गीत, गजल, मुक्तक, कवितामा अत्यन्त सक्रिय छन् भने उनका धेरै गजल तथा मुक्तक लोकप्रिय बन्दै गएका छन्।

सानै उमेरदेखि लेखन, गायन तथा अभिनयमा रुचि राख्ने थापा हाल ब्याचलर प्रथम वर्षको अध्ययनका साथै पत्रकारितामा व्यस्त छन्। उनी मानुसी मिडिया हाउसको प्रमुख सम्पादकीय भूमिकामा कार्यरत छन्।

उनले तयार पारेका फिल्ड रिपोर्टिङ, अन्तर्वार्ता तथा पोडकास्टहरू एफडिसी एचडी, एफडिसी अनलाइन टिभी युट्युब र फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा उपलब्ध छन्।

सानै उमेरदेखि सफलता खोज्दै र चुनौतीको सामना गर्दै अघि बढेका उनले कमल गाउँपालिका स्तरीय बाल सञ्जालको अध्यक्ष हुँदै जिल्ला बाल सञ्जालको सचिव भएर लामो समय बालबालिका र बालमैत्री अभियानमा समेत योगदान दिएका छन्। हाल उनी अध्यक्ष रहेको पालिका कोशी प्रदेशकै पहिलो बालमैत्री पालिकाका रूपमा घोषणा भइसकेको छ।

विभिन्न क्षमता तथा प्रतिभाले भरिपूर्ण थापा पछिल्लो पुस्ताका सम्भावनायुक्त स्रष्टा, सर्जक तथा साहित्यकारका रूपमा स्थापित हुँदै गएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *