हल्दिबारी। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन हल्दिबारीको पालिका स्तरीय अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले शान्ता शिवाकोटीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। यस नयाँ समितिको उपाध्यक्षका रूपमा शुस्मा महरा र शारदा लिङ्देन, सचिवमा भगिरथा दाहाल, सहसचिवमा पूजा राई, र कोषाध्यक्षमा बिना मेचे चयन भएका छिन्।

अधिवेशनसँगै संगठनकी सचिव विष्णु तामाङ्गको अध्यक्षतामा तीज मिलन कार्यक्रम पनि सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको उपस्थिति रहेको थियो।
कार्यक्रममा महिला संगठनकी संस्थापक संरक्षक सिता थापा लिङ्देन, प्रदेश सांसद निमसरी राजवंशी, राप्रपाका जिल्ला उपाध्यक्ष सिता लम्साल, महिला संगठनकी जिल्ला अध्यक्ष शारदा रिजाल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, गाउँ समिति अध्यक्ष एकराज राना मगर लगायत जिल्ला तथा क्षेत्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य भागिरथा दाहालले दिएकी थिइन् भने नव-निर्वाचित अध्यक्ष शान्ता शिवाकोटीले आगामी कार्य योजनाहरूको बारेमा प्रकाश पारेकी थिइन्।