राष्ट्रिय भाक्का दिवसको पूर्वसन्ध्यामा बनियानीमा निःशुल्क भाक्का वितरण


बनियानी। झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा ‘राष्ट्रिय भाक्का दिवस’ को अवसर पारेर भाक्का प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ। पुस २९ गते मनाइने दिवसको पूर्वसन्ध्यामा स्थानीय हुकाहुकी चोकमा आज बिहान सर्वसाधारणलाई निःशुल्क भाक्का र सब्जी वितरण गरिएको हो।

कोच आदिवासी समुदायको परम्परागत र लोकप्रिय परिकारका रूपमा परिचित भाक्काको सांस्कृतिक महत्त्वलाई उजागर गर्न यो कार्यक्रम आयोजना गरिएको हो। बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा करिब २०० जनाभन्दा बढी स्थानीय तथा बटुवाहरूले भाक्काको स्वाद लिएका थिए। नयाँ पुस्तामा आफ्नो मौलिक खानाप्रति आकर्षण बढाउन र यसको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन प्रचार-प्रसार गरिएको आयोजकले जनाएको छ।

तस्वीर: बनियानी ट्रेन्डिङ्बाट


निःशुल्क भाक्का वितरण कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई र वडा नम्बर ६ का वडा अध्यक्ष चिन्तामणि खरेल लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

EPIC EPIC EPIC


कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले भाक्का केवल एउटा परिकार मात्र नभएर यो क्षेत्रको पहिचान र संस्कृतिसँग जोडिएको अभिन्न अंग भएको उल्लेख गरे। उपाध्यक्ष भट्टराईले भने, “हाम्रो मौलिक खानाको प्रवर्द्धनले स्थानीय पर्यटनमा मात्र नभई आर्थिक गतिविधिमा पनि टेवा पुर्‍याउँछ। यस्ता सांस्कृतिक परिकारहरूको संरक्षणका लागि स्थानीय सरकार सधैं तत्पर छ।”


स्थानीयस्तरमा उत्पादित चामलको पिठोबाट बनाइने यो स्वास्थ्यवर्द्धक परिकारलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके स्थानीय महिला तथा उद्यमीहरूको आयआर्जनमा समेत मद्दत पुग्ने सहभागीहरूको धारणा थियो। कार्यक्रममा सहभागी स्थानीयले दिवसको अवसरमा यस्ता रचनात्मक कार्य गरिनु सकारात्मक भएको बताएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *