राष्ट्रिय युवा संघको नेतृत्व चयनका लागि आज मतदान, थेबे र पुरी मैदानमा

पोखरा — राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि पोखरामा आज मतदान हुँदैछ।

नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघको १०औँ महाधिवेशनअन्तर्गत अध्यक्षसहित नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीद्वारा जारी सूचनाअनुसार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ। निर्वाचन सम्पन्न भएलगत्तै विद्युतीय मेसिनमार्फत मतगणना सुरु हुने र त्यसपछि नतिजा सार्वजनिक गरिनेछ।

पोखरामा पहिलोपटक आयोजित महाधिवेशन शुक्रबार (जेठ ९) प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। उनले उद्घाटन सत्रमै सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका थिए। तर सहमति जुट्न नसकेपछि प्रतिस्पर्धाबाटै नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।

बन्दसत्रमा विभिन्न प्रतिवेदन पारित गरेपछि नेतृत्व चयनको प्रयासमा सहमतिको पहल गरिएको थियो। हालका अध्यक्ष क्षितिज थेबेलाई निरन्तरता दिने प्रयास गरिए पनि महासचिव सुमन पुरीले अध्यक्ष पदमा आफूलाई पछि हटाउन नसकिने अडान लिएपछि प्रतिस्पर्धा अपरिहार्य बनेको हो।

शनिबार साँझ सभागृहभित्र र बाहिर दुवै पक्षका समर्थकहरूले नाराबाजी गर्दै माहोल तताएका थिए। अन्य पदमा उम्मेदवारी घोषणा गरेका प्रतिनिधिहरूले पनि यस्तै रणनीति अपनाएका थिए।

हालका उपाध्यक्ष महाराज गुरुङ, प्रकाश गौतम र कृष्णहरि केसी भने अध्यक्ष पदको दौडबाट पछि हटिसकेका छन्। अब अध्यक्ष पदमा थेबे र पुरीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ।

थेबे महासचिव हुँदै नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए भने पुरी उपाध्यक्ष र महासचिव हुँदै यसपटक अध्यक्ष पदमा दाबी गरेका हुन्।

थेबेले एमाले अध्यक्ष ओली, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, महेश बस्नेतलगायत शीर्ष नेताको समर्थन पाएका छन्। पुरीको पक्षमा स्थायी कमिटी सदस्य कर्ण थापा, पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, विनोद ढकाललगायत नेताहरू छन्।

मतदानका लागि ४५ वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ। महाधिवेशनमा एक हजार ७५० प्रतिनिधिहरू सहभागी छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *