भदौ २८,कचनकवल । विगत केहि महिनादेखि कचनकवल को मुटु बनियानीमा रहेको एकमात्र प्राथमिक स्वास्थ चौकी,बनियानी दुर्गन्धित बन्दै गएपछि आज २८ गते मंगलबार राष्ट्रिय युवा संघ कचनकवल वडा नम्बर ६ को आयोजनामा बनियानीको प्रथमिक उपचार केन्द्र सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।
भर्खरै नवगठित अस्पताल समितिले समेत कुनै चासो नदेखाए पछि समितीको ध्यानाकर्षण गराउने हेतुले राष्ट्रिय युवा संघ कचनकवल ६ का अध्यक्ष लेखनाथ दाहाल ले उक्त सरसफाई कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रम मा वडा नं ६ का निवर्तमान अध्यक्ष कुलबहादुर कार्की, समाजसेवी शिव गुरुङ , वडा नं २ बाट निर्वाचित सदस्य गणेश भण्डारी लगायत अनेरास्ववियु कचनवलका विद्यार्थी तथा स्थानीय समाजसेवी युवाहरु उपस्थित थिए ।
त्यस्तै अस्पताललाई दुइ थान डस्टबिन, चार थान पोछा, फिनेल र सेनीफ्रेस, कुच्चो , पन्जा , जालो झार्ने समाग्री लगायतका सरसफाइमा प्रयोग हुने सामग्री समेत अस्पताल समितिका अध्यक्ष रुमसन राजवंशीलाई हस्तान्तरण गरेको युथ फोर्स संयोजन नबराज ढुंगाना ले जानकारी दिए।