नवलपुर। राष्ट्रिय युवा संघ नेपाल, नवलपुरका सह-सचिव तबरक अहमद मियाँको असामयिक निधन भएको छ। संघको १०औं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य राखेपछि बेहोस भएका मियाँको उपचारका क्रममा निधन भएको हो।
उनको निधनले सम्पूर्ण राष्ट्रिय युवा संघ नेपाल शोकमा डुबेको छ। संघले एक विज्ञप्ति जारी गर्दै मियाँको योगदान अविस्मरणीय रहने जनाएको छ। संगठनप्रति उनको इमानदारिता, लगनशीलता र समर्पण सबैका लागि प्रेरणादायी रहेको संघका पदाधिकारीहरूले बताएका छन्।