चितवन। राष्ट्रिय युवा संघ नेपाल चितवनका सहसंयोजक युगदर्शन चापागाईं र भरतपुर महानगर संयोजक सुविन न्यौपानेले अरुको कागजात दुरुपयोग गरी किर्ते गरी बैंक खाता खोलेर आर्थिक ठगी गरेको विवरण प्राप्त भएको छ। भरतपुर महानगरपालिकाको क्षेत्रभित्र ३ वर्षका लागि विज्ञापन कर उठाउन ठेक्का पाएको प्रनिश कन्स्ट्रक्सनको कागजात दुरुपयोग गरी वैंक खाता खोली आर्थिक कारोबार गरेका थिए।
खाता खोलेर कारोबार गरेको पत्ता लागेपछि कम्पनीका सञ्चालक पदम अधिकारीले कानुनी उपचारमा जाने सुईको पाएपछि पार्टीका उच्चपदस्त व्यक्तिहरुको उपस्थितिमा सुटुक्क मिलाइएको विश्वस्त सूत्रबाट जानकारी प्राप्त भएको छ। आर्थिक हिनामिनासहितको क्षतिपूर्ति तिर्न तयार भएर उम्किएका राष्ट्रिय युवा संघ नेपालका चापागाइँ र न्यौपानेले रकम नतिरी उल्टो धाकधम्की दिइरहेको खबर फरक रफ्तार डटकमले लेखेको छ।