राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति कमिटीको मानवीय सेवामा सक्रियता

बुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति गाउँ कमिटीले पछिल्ला दिनहरूमा सामाजिक सेवा र मानवीय कार्यलाई थप सशक्त बनाउँदै आएको छ। हालै सम्पन्न भ्वाइस अफ युनिभर्स सिजन–२ का प्रतिभाशाली प्रतियोगी प्रशान्त पोखरेललाई संघले रु. २० हजार सहयोग गरेको छ।

त्यस्तै, बुद्धशान्ति–३ स्थित किनारा बस्तीको दुर्घटनामा घाइते भएका ज्ञानु बर्देवालाई उपचार खर्चका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

संघले स्थानीय प्रतिभा तथा खेलकुदको प्रवर्द्धनका लागि निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। फुटबललगायत विभिन्न खेल गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएको संघले स्वास्थ्य, शिक्षा र राजनीतिक सचेतनासम्बन्धी अभियानमा पनि अग्रसर भूमिका निर्वाह गर्दै आएको छ।

संघका अध्यक्ष बिक्रम थेवेले अघिल्ला दिनहरूमा पनि विविध सामाजिक क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो मानवीय र सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *