Search
Close this search box.
Search
Close this search box.

राष्ट्रिय युवा संघ भद्रपुरद्वारा घर निर्माण गरी साँवा दम्पतीलाई हस्तान्तरण

भद्रपुर। राष्ट्रिय युवा संघ भद्रपुरले निर्माण गरेको आवास साँवा दम्पतीलाई हस्तान्तरण गरिएको छ। भद्रपुर–५ गौरीशंकर टोलमा निर्माण सम्पन्न गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।


रणबहादुर साँवा र राजकुमारी साँवालाई राष्ट्रिय युवा संघले घर निर्माण गरेर आजबाट बस्न मिल्ने गरी हस्तान्तरण गरेको हो। अत्यन्तै कष्टकर जीवन बिताइरहेको परिवारलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीका अध्यक्ष दीपक बुढाथोकीको अगुवामा घर निर्माण गरेर हस्तान्तरण गरिएको हो।

EPIC

दुई वटा कोठा, शौचालय, खानेपानी र विद्युतको व्यवस्थापन गरेर घर हस्तान्तरण गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए। उनले विभिन्न दाताहरूको साथ सहयोगबाट घर निर्माण सम्पन्न भएको बताए। आर्थिक तथा सामग्रीहरूको सहयोग पायौँ, बुढाथोकीले भने – ‘अगुवाइ गर्दा सहयोग पाइने भएपछि साँवा दम्पतीको जमिनमा बस्न सकिने गरी घर निर्माण गरेर हस्तान्तरण गरेका हौँ। संघले गरिब असहाय तथा विपन्न परिवारको लागि सहयोग गर्दै आएको छ।’


आवास हस्तान्तरणमा राष्ट्रिय युवा संघका केन्द्रिय सचिव पर्बतराज भण्डारी, नेकपा एमालेका कोसी प्रदेश कमिटी सदस्य बसन्त बानियाँ, जिल्लाका उपसचिव असारु राजवंशी, भद्रपुरका अध्यक्ष ब्रह्मलाल ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए।सहयोग रकम र सामग्रीहरूको समेत सार्वजनिक गरिएको कार्यक्रममा कोसी प्रदेश सभा सदस्य छवि चुँडाल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज राज लिम्बू, जिल्ला संयोजक फूर्वा लामा, पार्टीका नेताहरु, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले रिवन काटेर घर प्रवेश गराउँदै हस्तान्तरण गरेका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *