Search
Close this search box.
Search
Close this search box.

राष्ट्रिय सहकारी रोजगारी मेला आयोजना हुँदै

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी मेला आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोकमा उक्त मेला आयोजना गर्न लागिएको हो ।

बुधबार महासंघले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सहकारी मेलाको सम्बन्धमा जानकारी दिएको हो । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ नाराका साथ हुन लागेको मेलाको तयारी पूरा भएको छ । मेलाको आयोजनाले प्रतिभा पलायन ९ब्रेन ड्रेन० रोक्ने, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघको छ ।

EPIC

साथै, स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य मेलाले गर्ने बताइएको छ । सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यावसायिक तालिमहरू, शैक्षिक कोर्षहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी गराउँदै मानव संशोधन विकासमा समेत मेलाले योगदान गर्नेछ । जसले देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराउने र वैदेशिक रोजगारीको प्रवाह कम उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने महासंघले बताएको छ ।

मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने महासंघ अध्यक्ष ओमदेवी मल्लले बताइन् । उनका अनुसार मेलाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन् ।

मेला अवधिभर सहकारीका ठुलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुति, अन्तर्राष्ट्रिय श्रम संगठनका विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुने जानकारी उनले दिइन् । मेलाको अन्तिम दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालबाट समापन हुनेछ ।

मेलामा निःशुल्क प्रवेश गर्न सकिने छ । विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान महासंघको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *