राष्ट्र बैंकले १४ दिनमा बजारमा पठायो साढे ५४ अर्ब सुकिला नोट

नेपाल राष्ट्र बैंकले पछिल्लो १४ दिनमा (२९ भदौदेखि ११ साउनसम्म) बजारमा ५४ अर्ब ४२ करोड रुपैयाँबराबरको मुद्रा प्रवाह गरेको छ । दसँै–तिहारका लागि सुकिला नोटको माग बढ्दा केन्द्रीय बैंकबाट सोबराबरको मुद्रा बाहिरिएको हो ।

केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटहीको सुविधा दिएको थियो । त्यस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सर्वसाधारणलगायत विभिन्न संघ–संस्थालाई २९ भदौदेखि १० असोजसम्म सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको थियो । यद्यपि, आइतबारसम्म पनि नोट सटहीलाई कायम राखिएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

दसैँ–तिहारमा विगतमा नयाँ नोट बजारमा पठाउँदै आएको केन्द्रीय बैंकले गत वर्षदेखि सुकिला नोट मात्रै पठाउने गरेको छ । तर, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले चाडबाडलक्षित गरी बैंक खाताबाट वालेटमा रकम जम्मा गर्न सकिने सीमा चार गुणा बढाएको छ । प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । यसअघि यस्तो सीमा १० पटक मात्र थियो ।

प्राकृतिक व्यक्तिले आफ्नो विद्युतीय वालेटमा ५० हजार रुपैयाँभन्दा बढी मौज्दात राख्न पाउँदैन । बैंक खाताबाट वालेटमा पठाउन मिल्ने कारोबारको सीमा दुई लाख, वालेटबाट अन्य बैंक खातामा दुई लाख र एक वालेटबाट अर्को वालेटमा पठाउन सकिने कारोबारको सीमा प्रतिदिन ५० हजार रुपैयाँ छ ।

यो व्यवस्था १३ असोजदेखि लागू भई २१ असोजसम्म कायम रहनेछ । यसैगरी, तिहार र छठ पर्वका वेला ३ कात्तिकदेखि १० कात्तिकसम्म यो प्रावधान लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *