काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहको राजीनामा स्वीकृत गरेको छ।
पार्टीको हिजो बसेको केन्द्रीय समितिको बैठकले दुबै नेताको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। सुमना श्रेष्ठले सांसद पदमै केन्द्रित भई सशक्त भूमिका निर्वाह गर्न चाहेको भन्दै वैशाख ४ गते पार्टी सचिवालयमा राजीनामा बुझाएकी थिइन्।
त्यस्तै, अनिलकेशरी शाहले प्रशिक्षण विभाग र आफ्नो क्षमताबीच तालमेल नमिलेको भन्दै अन्य जिम्मेवारीमा बस्न चाहेको स्पष्ट गर्दै राजीनामा दिएका थिए।
रास्वपाले दुबै नेताको योगदानको कदर गर्दै भविष्यमा पार्टीभित्र अन्य भूमिकामा सहयोगको अपेक्षा व्यक्त गरेको जनाइएको छ।