रास्वपाको अभियानमा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक राईमाथि कारबाहीको माग

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ।

रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै सत्ताको उन्मादमा लोकतान्त्रिक दलमाथि गरिने यस्ता ‘दादागिरी प्रवृत्ति’ को घोर भत्सर्ना गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा कुनै पनि विरोधका कार्यक्रम नगरी दमक–४ स्थित क्याम्पस मोड अगाडि रास्वपा दमक नगर समितिको आयोजनामा नगर सभापति तिर्थप्रसाद लामिछानेको नेतृत्वमा करिब १० जनाको उपस्थितिमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध जनताको हस्ताक्षर संकलन गरिरहेका बेला घटना भएको थियो।

सोही क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक राईले आएर माइक खोसेर तोडफोड गरेका थिए। उनको ‘दादागिरी र गुन्डागर्दी’ शैलीमा माइक फुटाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसको धेरैले आलोचना गरेका छन्।

कार्यवाहक सभापति पाठकले स्थानीय प्रहरीलाई जानकारी गराएरै दमक नगरमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा प्रहरीले गरेको दमनपूर्ण हस्तक्षेपले लोकतन्त्रको धज्जी उडाएको बताएका छन्। उनले चालु रहेको माइक खोसेर भाँचिदिनुलाई ‘सरकारमा रहेका मानिसले सरकारी संयन्त्रको प्रयोगबाट गरिएको दादागिरी र हस्ताक्षर अभियानबाट डराएको’ भन्दै प्रश्न गरेका छन्।

पाठकले विज्ञप्तिमा लेखेका छन्, “प्रधानमन्त्रीले आफूलाई एउटा दलको मात्र ठान्ने, आफू हिँडेको बाटोमा अरु नहिँडून्, आफू उभिएको भूमिमा अरुले गतिविधि नगरुन् भन्ने तानाशाही चरित्र आफैँले संघर्ष गरेर हासिल गरेको भनिएको लोकतन्त्रको विरुद्ध मात्र छैन, सुरक्षा सबैका लागि हो भन्ने समान कानुनी अधिकारको खिल्ली उडाएको छ। यसरी सत्ता र शक्तिको उन्मादमा लोकतान्त्रिक अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध जो कोहीबाट हुने यी र यस्ता गतिविधि कदापी सह्य हुने छैन।”

प्रहरी निरीक्षक राईमाथि यसअघि पनि ‘दादागिरी’ देखाउँदै आएको आरोप छ। गत माघमा दमक–६ स्थित आकाशे पुलनजिक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक) को नेतृत्वमा बन्दकर्ताहरूले शान्तिपूर्ण आन्दोलन गरिरहँदा राईको उक्साहटमा उनीहरू आन्दोलित भएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *