रास्वपाको तेस्रो स्थापना दिवसमा बुद्धशान्तिमा सय दिने जनजागरण अभियान सुरु

बुद्धशान्ति, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसको अवसरमा बुद्धशान्ति गाउँसमितिको आयोजनामा “सचेत नागरिक, समृद्ध समाज” भन्ने नारासहित सय दिने जनजागरण अभियान सञ्चालन भइरहेको छ।

अभियानको औपचारिक सुरुवात असार १ गते आइतबार वडा नं. ७ बाट “बुद्धशान्तिको घर–घरमा रास्वपा” कार्यक्रममार्फत गरिएको थियो। गाउँ उपसभापति कृष्ण ढकालका अनुसार अभियान अन्तर्गत प्रत्येक दिन फरक–फरक वडामा जनजागरण कार्यक्रम सञ्चालन गरिँदैछ। उनका अनुसार, एक सय दिनको अवधिमा सबै वडाका घर–घरमा पुगेर नागरिकलाई सचेत तुल्याउने लक्ष्य लिइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

अभियानका संयोजक तथा गाउँ सभापति दीपक भट्टराईले अभियानको उद्देश्य स्थानीय सरकारप्रति खबरदारी, नागरिकमा चेतना अभिवृद्धि, राजनीतिक सहभागिता विस्तार तथा समृद्ध समाज निर्माणतर्फ जनतालाई प्रेरित गर्नु रहेको बताए। उनका अनुसार अभियानले स्थानीय समस्याहरूको पहिचान गरी समाधानका लागि नागरिक सहभागिता बढाउने विश्वास लिएको छ।

अभियानमा स्थानीय संघसंस्था, सचेत नागरिक तथा रास्वपाका घन्टी मित्रहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सभापति भट्टराईका अनुसार अभियानको क्रममा बुद्धशान्तिमा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउने निवृत्त शिक्षकहरूलाई सम्मान गरिने छ। यसबाट शिक्षाप्रति सम्मान र प्रेरणा पनि फैलाउने लक्ष्य लिइएको उनले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *