रास्वपा नेता भण्डारीमाथि अज्ञात समूहले गर्‍यो आक्रमण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ।

कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

उनका अनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले भण्डारीमाथि रड प्रहार गरेका थिए। टाउको र खुट्टामा प्रहार हुँदा भण्डारी गम्भीर घाइते भएका छन्।

टाउकोमा गहिरो चोट लागेर चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारका क्रममा उनको टाउकोमा १० वटा टाँका लगाइएको बोहराले सामाजिक सञ्जालमार्फत बताएका छन्।

घटनाबारे र शंकास्पद व्यक्तिबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको रास्वपाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *