काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका उनीहरुले आजको बैठकमा पनि विरोध जारी राखेका हुन् । यद्यपी, सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् ।
सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरुले मानेनन् । त्यसपछि सभामुखले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए ।
त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरे । संसदमा एकजना सांसद उभिँदा पनि संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ । तर नाराबाजी जारी रहेकै बेला सभामुख घिमिरेले विपक्षीहरुको विरोधलाई बेवाास्ता गर्दै पेलेरै संसद अघि बढाएका छन् ।