रास्वपा र राप्रपाको संसद बहिस्कार निरन्तर, भिजिट भिसा छानबिनमै अडान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कारको श्रृङ्खलालाई निरन्तरता दिएका हुन् । 

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका अशोक चौधरीलाई बोल्न दिएका थिए । उनले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाए । 

EPIC EPIC EPIC EPIC EPIC

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद धवलसमशेर राणालाई बोल्ने समय दिए । उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण गर्न माग गरे ।  

दुवै दलका सांसदहरू बोलेपछि बैठक कक्षबाट बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा १३ जेठदेखि निरन्तर संसद वहिस्कार गर्दै आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *