Search
Close this search box.
Search
Close this search box.

रास्वपा सभापति भोली झापा आउने

झापा २०७९ को प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलोपटक झापा आउने हुनुभएको छ सभापति लामिछानेसहित केन्द्रीय नेताको जम्बो टोली झापाको विभिन्न स्थानमा हुने कार्यक्रमका लागि आउने हुनुभएको हो

हिजो राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिले धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरी सो कार्यक्रमको जानकारी गराएको हो सभापति लामिछाने नेतृत्वको टोली भदौ १ र २ गते झापामा सक्रिय भएर खटिने भएको छ जिल्लाको पाच वटै निर्वाचन क्षेत्र र प्राय सबै प्रदेश क्षेत्रमा रास्वपाले दुइ दिने कार्यक्रम तय गरेको छ

EPIC EPIC EPIC

सभापति लामिछानेको नेतृत्वमा महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक तथा संघीय सांसद निशा डाँगी, केन्द्रीय सदस्य तथा सांसद अशोक चौधरी, केन्द्रिय सदस्य समेश प्रसाईँ लगायतको केन्द्रीय नेताहरू जिल्लाको विभिन्न स्थानको कार्यक्रममा जाने कार्यक्रम रहेको झापा जिल्ला सभापति उमेश खरेलले बताउनुभयो उहाँले दुई दिनमा करिब ८ वटा कार्यक्रममा सहभागी हुने तय भएको जानकारी दिनुभयो

भदौ १ गते बुद्धशान्तिको वडा नम्बर ४ मा रहेको सुकुम्बासी बस्तीमा जाने त्यसपछि बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्र अवलोकन गर्ने कार्यक्रममा छ| सोही दिन खुल्ला सभा बिर्तामोडको सिटी सेन्टर र दमकको गोर्खा डिपार्टमेन्टको अगाडि राखिएको छ| सोही दिन झापाका उद्योगी व्यवसायी बौद्धिक तथा शैक्षिक व्यक्तित्वहरू सँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ भदौ २ गते जिल्लाका विभिन्न ठाउँहरूमा क्षेत्रीय भेला रहेको छ १ नम्बर क्षेत्रको क्षेत्रीय भेला मेचीनगरको इँटाभट्टा , ३ नम्बर क्षेत्रको भेला कचनकवलको बनियानी र गोलधाप, ४ नम्बरको झापा गाउँपालिकाको झापा बजार र शिवगन्ज बजार, ५ नम्बरको गौरादहमा क्षेत्रिय भेला राखिएको छ सोही दिन लामिछानेले सुरुङ्गाका सन्थाल परिवारसँग भेट्ने कार्यक्रममा पनि तय भएको सभापति खरेलले जानकारी दिनु भयो

 पत्रकार सम्मेलनमा मेचीनगर नगर सभापति कमल गौतमले मेचीनगर ७ स्थित इँटाभट्टामा हुने सभालाई व्यवस्थित रुपमा आयोजना गरिने बताउनुभएको छ पत्रकार सम्मेलनमा प्रदेश समिति सदस्य, जिल्ला, नगर तथा वडाका पदाधिकारी सहभागी थिए कार्यक्रमको सञ्चालन दीपक भट्टराईले गर्नुभएको थियो

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *