राहदानी कागजात हेरफेर प्रकरणमा गौरीगञ्जका तत्कालीन प्रमुखसहित १० जनामाथि भ्रष्टाचार मुद्दा

झापा। इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणी आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ।

राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गराएको अभियोगमा उनीहरूलाई मुद्दा दायर गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

EPIC EPIC EPIC

इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणी आपागाईं, तत्कालीन नायब सुब्बा रबिन कुमार राजबंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र तत्कालीन कार्यालय सहयोगी जीवन कुमार दाहालविरुद्ध मुद्दा दर्ता गरिएको हो।

त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासन अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल तथा राहदानी बाहकहरू बिनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतोविरुद्ध पनि मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कैद तथा जरिवाना सजाय माग गरिएको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *