राेङको स्वास्थ्य जिल्लाकै सर्वोकृष्ट

rong swasthya

जनक न्यौपाने

( रोङ )। स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष ०७९/०८० को जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा रोङ गाउँपालिका जिल्लाकै सर्वोकृष्ट बनेको छ।
स्वास्थ्य  मन्त्रालयद्वारा स्थानीय तहका लागि निर्धारण गरेको लक्ष्य र त्यसको प्रगतिको वार्षिक समीक्षा  मूल्याङ्कनका आधारमा राेङ गाउपालिका जिल्लाका दश पालिकाहरूमा पहिलो भएको हो। 

EPIC EPIC EPIC

कार्तिक १४ र १५ गते भएको इलाम जिल्ला स्तरीय समीक्षामा मूल्याङ्कनका बिभिन्न  पैँतीस सूचकहरू र पालिकाहरूले गरेको फरक नविनतम् कामको आधारमा मूल्याङ्कन गर्दा  इलाम जिल्लाका १० वटा स्थानीय तहहरू मध्ये प्रथम स्थान हासिल गर्ने स्थानीय तहको रुपमा रोङ गाउँपालिका  पहिलो, सूर्योदय नगरपालिका दोस्रो र सन्दकपुर गाउँपालिका तेस्रो भएको हाे ।

स्वास्थ्य संस्थाहरूमा रहेर डाटा इन्ट्रीलगायत अन्य कार्यक्रमहरू सुरक्षित मातृत्व  ,पोषण ,नियमित खोप, परिवार नियोजन लगायत स्वास्थ्य प्रवर्द्धनात्मक, उपचरात्मक र प्रतिकात्मक स्वास्थ्य सेवामा अनवरत रुपमा सहयोग गर्नुहुने रोङ गाउँपालिका  अन्तर्गत रहेका ६ वटा वडामा अवस्थित १० वटा स्वास्थ्य संस्थाहरू वाट सेवा प्रवाह गरिएको जनस्वास्थ्य  अधिकृत तथा राेङ स्वास्थ्य  शाखा प्रमुख युवराज काफ्ले बताए ।

गत तिन वर्ष अघि जिल्लामा दसौं स्थानमा रहेको राेङ गाउँपालिका गत वर्ष तेस्रो स्थानमा उक्लिएको थियो । प्रथम बनेको राेङ गाउँपालिकालाई जिल्ला समन्वय समितिका सभापति जय प्रकाश राईले प्रशंसापत्र प्रदान गर्नु भएको थियो।

निरन्तर कर्मशीलताले गाउँपालिका जिल्लामा प्रथम भएकोमा गाउँपालिकाका सबै स्वास्थ्यकर्मी ,स्वास्थ्य  स्वंयसेविका, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत सबै जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, सञ्चारकर्मीहरू तथा आम राेङ बासिहरूको साझा प्रयास रहेकोले थप जिम्बेवारी आएको स्वास्थ्य शाखा प्रमुख काफ्लेले बताए।

राेङ स्वास्थ्य  शाखाले गत आर्थिक वर्षमा ९८ प्रतिशत बजेट खर्च गरि  अन्ठानब्बे प्रतिशत नै कार्यक्रम सञ्चालन गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च