राेङमा गाउँपाकिकामा क्षयराेगी खाेजिदै

रोङ, २ पौष
क्षयराेग उन्मुलनकाे अभियान पुरा गर्न ईलामकाे राेङमा क्षयराेगिहरुकाे खोजी गर्न थालिएको छ ।

कुनैबेला निक्कै भयावह रहेकाे याे राेग सन् २०३० सम्म उन्मुलन गर्ने सरकारकाे लक्ष्य अनुसार खाेजकाे रणनीति गर्दै झापासंग सिमाना जाेडिएकाे राेङ २ काे बरफल्याङमा दुई दिने क्षयराेग जाच पहिचान शिबिर सचालन अाजबाट थालिएकाे हाे ।
संक्रमित एकजनाबाट २० जनासम्म सजिलै सर्न सक्ने झापा क्षयराेगकाे उच्च जाेखिममा रहेकाे कारण राेङमा पहिलाेपटक खाेजिकार्य शुरु गरिएकाे हाे। खोकी लाग्ने,सांझमा ज्वराे अाउने ताैल घट्ने खानामा अरुची हुने जस्ता लक्षणहरु रहने लक्षण रहेकाे क्षयराेगकाे बेलैमा पहिचान भए सजिलै निकाे हुने र थप संक्रमणकाे जाेखिम घटेर नेपाल सरकारकाे लक्ष्य समेत पुरा हुने भएकाेले नमुना संकलन र ल्याव परिक्षण समेत साेहि स्थानमा हुनेगरि राेङ गाउपालिका स्वास्थ शाखाले शिविर सञ्चालन गरेकाे स्वास्थ शाखा प्रमुख युवराज काफ्ले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

शिविरमा स्वास्थ्य  कार्यलय ईलामका ल्याव टेक्निसियन युगनाथ बराल,ल्याव असिस्टेन्ट सेबिका खाम्दाक स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले ,स्वास्थ्यकर्मी, स्वयंसेवीका र जनप्रतिनिधिको सक्रियता रहेकाे छ। हिजो सभब्य जाेखिममा रहेका स्थानिय २३ जनाकाे नमुना संकलन गरिएकाे र आज परिक्षणकाे नतिजा  अाउने बताईएकाे छ। यदि नतिजा पाेजेटिभ अाएमा उनिहरुकाे नि:शुल्क उपचारकाे ब्यवस्था गरिने र अाैषधि बितरण बिभिन्न परिक्षण गरि पुर्ण निकाे बनाईने लक्ष रहेकाे प्रमुख काफ्लले बताए।

हाल राेङमा दुईजना सक्रमित रहेकाे र उनिहरुले अाैषधि प्रयाेग गरिरहेकाे स्वास्थ्य शाखा राेङले बताएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *