Search
Close this search box.
Search
Close this search box.

राेङ गाउँपालिकामा आज विज्ञान प्रदर्शनी हुँदै

राेङ। बालबालिकाहरूमा रहेका प्रतिभा देखाउन इलामको राेङ गाउँपालिकामा विज्ञान प्रदर्शन र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।

बालबालिकाहरूले सैद्धान्तिक रुपमा पढेका विज्ञानका तथ्यहरूलाई प्रयागमा देखाउन आज विज्ञान प्रदर्शनी हुने भएको छ। मंसिर २२ ,२३ र २४ गते हुने प्रतियोगिताको अन्तिम तयारी सकिएको छ ।

EPIC EPIC EPIC

विज्ञान प्रदर्शनीका लागि गाउँपालिकाभित्रका आधारभुत तहका एक/एक र माध्यामिक तहका एकजना विद्यार्थी सहभागि हुने छन्।

राष्ट्रपति खेलकुदका लागि गाउँपालिकामा रहेका १२ देखी १८ वर्षसम्मका बालबालिकाहरू सहभागि हुने गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ। अतिरिक्त क्रियाकलापमा सहभागि भएर उत्कृष्ट हुनेले पुरस्कार मेडल र प्रमाणपत्र पाउँने छन् । 

राष्ट्रपति खेलकुदमा प्रथम हुने बालबालिकाहरू आगामी जिल्ला स्तरीय राष्ट्रपति हुँदै प्रदेश राष्ट्रिय खेलाडीका रुपमा अगाडि बढ्ने राेङ शिक्षा तथा खेलकुद शाखा प्रशिक्षक बिर्ख लिम्बुले बताए । दुबै कार्यक्रम शान्ति निकेतन मावि कुटीडाँडामा हुने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *