रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नेवार समुदायसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कचनकवल। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बनियनी शाखाले एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

EPIC

कचनकवल गाउँपालिका ४ स्थित भिमसेन मन्दिर भवनमा हिजो (आइतबार) कम्पनीले नेवा:देय् दबु नेवार समाज संगठन कचनकवलसँग बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको शाखाका प्रवन्ध जनम आचार्यले जानकारी दिनुभयो।

EPIC EPIC EPIC

कम्पनीका बनियानीका शाखा प्रवन्धक जनम आचार्यको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमा समुदायसँग बिमाको आवश्यकता र महत्व माथि प्रष्ट परिएको थियो।

त्यस्तै, कार्यक्रममा इन्स्योरेन्स कम्पनीका नेपाल प्रथम एमडीआरटी बाबुराम अधिकारी विशिष्ट अतिथी स्थानिय समाजसेवी सञ्जीव कुमार प्रधान र अतिथीहरु क्रमशः एमडीआरटी पदम बहादुर श्रेष्ठ अतिथी नेवार राष्ट्रिय संगठन कचनकवलका पदाधिकारी संयोजक युबराज श्रेष्ठ , समाजसेवी तथा बुद्धिजिबि भरत शाक्य महिला प्रशिक्षक इन्दिरा मास्के, धन नारायण प्रधान बिमा कर्मचारी वर्षा खतिवडा लगायतको उपस्थिति रहेको थियो।

ग्रामीण छेत्रमा जीवन बिमाले खेल्ने भुमिका लगायतको विषयमा प्रष्ट पार्दै कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि ,विशिष्ट अतिथि र अतिथिहरुले आफ्नो भनाइ प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य नेवार सेवा समाजका सदस्य तथा जेष्ठ नागरिक योगराज श्रेष्ठले राख्नु भएको थियो।

कार्यक्रम सञ्चालन रिलायबल नेपाल लाइफ कम्पनीका अभिकर्ता पंकज श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *