रिलायबल लाइफ इन्स्योरेन्सद्वारा आदर्श प्राविलाई ३२ इन्चको टिभी हस्तान्तरण

कचनकवल। रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले विद्यालयसँग बिमा कार्यक्रम सम्पन्न गरेको छ।

रिलायबल लाइफ इन्स्योरेन्स बनियानी शाखाले कचनकवल आदर्श टोलमा रहेको आदर्श प्राविलाई शैक्षिक सुधार र प्रगतिका लागि ‘विद्यालयसँग बिमा’ कार्यक्रम अन्तर्गत एलसीडी टिभी हस्तान्तरण गरेको हो।

EPIC EPIC EPIC

बिहिवार विद्यालयमा आयोजित उक्त कार्यक्रम विद्यालय  व्यवस्थापन समितीका अध्यक्ष  महानन्द भट्टराईको अध्यक्षता तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीको प्रमुख आतिथ्यता र रिलायबल लाइफ इन्स्योरेन्स  बनियानिका शाखा प्रमुख जनम आचार्यको विशिष्ट आतिथ्यतामा ३२ इन्चको एलइडी टिभी विद्यालयलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एम.डि आर.टि पदम बहादुर  श्रेष्ठ, सुक्रराज लिम्बु इधिङ्गो, विद्यालय  प्रधानाध्यापक भवानी प्रसाद फुयाल र स्थानीय, अभिभावक, बुद्धिजीवीको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन भने शिक्षक पुरुषोत्तम ढकालले गरेका थिए।

विगतमा विद्यालयको शैक्षिक अवस्था जीर्ण रहेको बेला अहिले भने विद्यालयको शैक्षिक अवस्थामा सुधार हुँदै गएको छ।
पहिले नेपाली माध्यममा मात्रै पढाई हुँदा न्यून विद्यार्थी संख्या रहेको उक्त हाल अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदा विद्यार्थीको संख्यामा वृद्धि भएको छ।

विगतलाई फर्केर हेर्ने हो भने उक्त विद्यालयको शैक्षिक प्रशासनिक तथा भौतिक अवस्था अत्यन्तै नाजुक रहेको र हाल उक्त विद्यालयमा अभिभावकहरुको चासो र पहरेदारी तथा गाउँपालिकाको अनुगमन र सहयोग  पश्चात्  यस विद्यालको  मुहार परिवर्तन भएको देख्न सकिन्छ। हाल यस विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुनुका साथै सम्पूर्ण सरकारी सेवा नि:शुल्क सञ्चालन हुँदै आएको शिक्षक पुरुषोत्तम ढकालले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *