‘रिसको आवेगमा पत्रकार भएको घरमा आगो लगाएँ’ — तारा राजावादीको स्वीकारोक्ति

काठमाडौं, जेठ १३ — गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा काठमाडौं तीनकुनेमा भएको आगजनीमा संलग्नता स्वीकार गर्दै तारा राजावादी (सरोज गौतम) ले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या घटनामा आफूमाथि लागेको आरोप पुष्टि गरेका छन्। प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको अभियोगपत्रमा तारा राजावादीले उक्त आगजनीमा दुर्गा प्रसार्ईं, सन्तोष राजावादी (सन्तोषकुमार सिलवाल), गोकर्ण शाही, सतिश न्यौपाने र हेमराज थारुलगायतको संलग्नता भएको खुलाएका छन्।

राजावादी आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिमा तारा राजावादीले आफैंले आगो लगाएको स्वीकार गर्दै भनेका छन्, “घरको भुईँ तलामा ताला फोडी प्रवेश गरी आगजनी गर्दा म पनि सहभागी थिएँ। रिसको आवेशमा मैले लाइटर लिएर आगो लगाएको हुँ।”

EPIC EPIC EPIC EPIC

तीनकुनेस्थित सुनौलो बचत तथा ऋण सहकारी संस्थाको नाममा दर्ता गरिएको ५ तले घरमा आगो लगाइएको थियो। सोही भवनमा समाचार संकलनका लागि पुगेका पत्रकार सुरेश रजक जलेर मृत्यु भएका थिए। तारा राजावादीले भनेका छन्, “मसमेतले लगाएको आगोका कारण पत्रकार रजकको मृत्यु भएको थाहा पाएँ। त्यो कुरा पछि सामाजिक सञ्जालमार्फत थाहा भयो।”

उनको बयानअनुसार, आन्दोलनको योजना दुर्गा प्रसार्ईंले बनाएका थिए भने त्यसको कार्यान्वयन सन्तोष राजावादी र अन्यले गरेका थिए। “चैत १५ गतेको आन्दोलनमा दुर्गा प्रसार्ईं नै मुख्य सूत्रधार थिए। उनले संसद भवन कब्जा गर्ने योजना सुनाएर भिडलाई उक्साएका थिए,” तारा राजावादीले प्रहरीसमक्ष दिएका बयानमा उल्लेख छ।

ताराले आफू आर्थिक रुपमा कमजोर भएको र पैसाको प्रलोभनमा परेर यस्तो कार्यमा संलग्न भएको पनि बताएका छन्। “हामीलाई आन्दोलन सफल भएपछि पैसा र पद दिने आश्वासन दिइएको थियो। कहिलेकाहीँ दुई–चार हजार रुपैयाँ पनि दिइन्थ्यो,” उनले भनेका छन्।

सरोज गौतम उर्फ तारा राजावादीविरुद्ध राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा दायर गरिएको छ। घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरूको खोजी तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *