रुखले किचेर  चौकीदारको मृत्यु 

 मोरङको लेटाङमा  रुखले किचेर सामुदायिक वनका चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ नगरपालिका–९ मा रहेको बाह्रकोठे कोपिला सामुदायिक वनका चौकीदार ४५ वर्षीय इन्द्रबहादुर मगर रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले रुखले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

सामुदायिक वनले खुलाएको पुर्जी अनुसार काठ काट्नलाई हाडेको रुख ढाल्ने क्रममा मगरलाई सोही रुखले किचेको थियो । उनी हाडेको रुख ढलाएको हेर्न पुगेका थिए । घटना बिहीबार बिहान ९ः३० बजेतिरको हो । 


सामुदायिक वनले खुलाएको पुर्जी अनुसार काठ काट्नलाई हाडेको रुख ढाल्ने क्रममा मगरलाई सोही रुखले किचेको थियो । उनी हाडेको रुख ढलाएको हेर्न पुगेका थिए । घटना बिहीबार बिहान ९ः३० बजेतिरको हो । 

विराटनगरकै कोसी अस्पतालमा पोस्टमार्टम गरेर शवलाई दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *