Search
Close this search box.
Search
Close this search box.

रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुईजनाको मृत्यु, ठक्कर दिने बसमा आगजनी

रुपन्देहीमा शनिबार बिहान स्कुल बसको ठक्करबाट २ जनाको मत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। 

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडकखण्डमा बिहान सूर्यपुरा ३ सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

EPIC

दुर्घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ कै २१ वर्षीय मोहम्मद इर्साद र १६ वर्षीया रुबिना खातुनको मृत्यु भएको हो। यसैगरी दुर्घटनामा स्थानीय १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन्।

उनको अहिले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनापछि बस चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ। घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *