रेनु दाहालकी छोरी प्रतिभाले गरिन् अर्थशास्त्री विज्ञानबाबुसँग इन्गेजमेन्ट

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठक वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन्। उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ।

विज्ञानबाबु अर्थशास्त्री हुन् । हाल स्वीजरल्याण्डमा बस्दै आएका उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् । प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए।

EPIC EPIC EPIC

रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। प्रतिभाले पनि विदेशबाटै उच्च शिक्षा लिएकी हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *