Search
Close this search box.
Search
Close this search box.

रेमिट्यान्सले धानिँदै अर्थतन्त्र, ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रुपैयाँ

झापा । चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्ष १३ प्रतिशतले बढेको थियो । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ ।

जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

EPIC

समीक्षा अवधिमा चालू खाता २०० अर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२४ अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा २०८० जेठ मसान्तमा प्रतिब्यारल अमेरिकी डलर ७५।७५ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८१ जेठ मसान्तमा ७।६ प्रतिशतले वृद्धि भई ८१।४९ पुगेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा २०८० जेठ मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १९५२।३५ रहेकोमा २०८१ जेठ मसान्तमा १९।४ प्रतिशतले वृद्धि भई २३३०।४५ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *