रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च, २०८१/८२ मा १७ खर्ब २३ अर्ब भित्रियो

काठमाडौं। गत आर्थिक वर्ष २०८१/८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भित्रिएको छ ।

मासिक रूपमा पनि क्रमश: उच्च आउने गरेको रेमिट्यान्स आप्रवाह वार्षिक पनि हालसम्मकै उच्च हो ।आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको तुलनामा १९.२ प्रतिशतले धेरै हो ।

EPIC EPIC EPIC EPIC EPIC

अघिल्लो आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब १८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा खुद द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९ सय ५७ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ३ हजार ३३ हजार ३ सय ९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमश: ४ लाख ६० हजार एक सय २ र २ लाख ८१ हजार १ सय ९५ रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *