रेशम चौधरी पक्राउ

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी आज जनमत पार्टीसँगको पार्टी एकता घोषणा कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार उनलाई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई डिल्लीबजार कारागार पुर्‍याएको हो। तर गिरफ्तारीको कारण अझै खुलाइएको छैन।

EPIC EPIC EPIC EPIC EPIC

टीकापुर काण्डका मुख्य आरोपी रहँदै आएका चौधरीलाई २०८० जेठ १५ मा राष्ट्रपतिबाट कैद मिनाहा गरिएपछि रिहा गरिएको थियो। आजको कार्यक्रममार्फत जनमत र नाउपाबीच ‘नागरिक जनमत’ नामक एकीकृत पार्टी घोषणा हुने तयारी थियो।

चौधरीको अचानक पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ भने दुवै दलका नेता र कार्यकर्ताहरू घटनाले स्तब्ध बनेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *