एजेन्सी । युक्रेनी जमिनमा भीषण युद्धमा रहेको रुसले प्राणघातक रोग क्यान्सर बिरुद्ध भ्याक्सिन बनाउन सफल भएको छ । रुसी स्वास्थ्यमन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले विश्वमै पहिलो पटक क्यान्सरको भ्याक्सिनको सफल परीक्षण गरिएको जानकारी दिए ।
आईन्द्रेईले यो शताव्दीकै सबै भन्दा ठूलो खोज सफल भएको र यो भ्याक्सिनको नाम एमआरएनए राखिएको छ ।
यो भ्याक्सिनको क्लिनिकल परीक्षणले क्यान्सरको ट्युमर फैलन रोकेको दाबी गरिएको छ ।
केही समय अघि नै रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुस क्यान्सरको भ्याक्सिन उत्पादनको नजिक रहेको जानकारी दिएका थिए ।
एमआरएन मानवको एक जेनेटिक कोडको हिस्सा हो , जसले हाम्रो शरीरमा कोसिशकाहरुको उत्पादन गर्दछ । हाम्रो शरीरमा कुनै पनि ब्याक्टेरियाले क्यान्ँसर जस्तो रोग संक्रमण गर्ने खतरा पैदा गर्दा त्यस बिरुद्ध लड्ने कोशिका या प्रोटिन उत्पादन गर्ने सन्देश दिन्छ ।
यसले हाम्रो शरीर भित्र ईम्युन सिस्टमको विकास गरी एन्टीबडी पैदा गर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सरका कारण हरेक मिनेटमा १७ जना मानिसको मृत्यु हुने गर्दछ ।