रोङका जेष्ठ नागरिकलाई रेडियो सेट वितरण गर्दै स्थानीय सरकार, खरिद प्रक्रिया अघि बढ्यो

इलाम। इलाम जिल्लाको रोङ गाउँपालिकाले त्यहाँका जेष्ठ नागरिकहरुलाई रेडियो सेट वितरण घोषणा गरेको छ ।

गाउँपालिकाका ६८ बर्षभन्दा बढी उमेर भएका नागरिकलाई रेडियो सेट वितरण गर्ने गरी तयारी भएको रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्बोले सेतोपत्रलाई जानकारी दिनु भयो ।

EPIC EPIC EPIC EPIC EPIC

‘मोबाईल फोनले रेडियोसंगै टेलिभिजन सेटलाई पनि विस्थापित गरेका कारण जेष्ठ नागरिकहरुले रेडियोबाट आउने सूचना र जानकारी मूलक कार्यक्रम सुन्न नपाउने अवस्था भयो,’ अध्यक्ष स्याङ्बोले भन्नुभयो, ‘सचेतना र पालिकाकै सूचना प्रवाहका लागि पनि रेडियो प्रभावकारी भएकाले जेष्ठ नागरिकलाई रेडियो वितरण गर्न लागेका छौं ।’ पालिकाले तत्काल रेडियो वितरण गर्ने गरी एक हजार एक सय रेडियो सेट खरिदको प्रक्रिया अगाडी बढाएको अध्यक्ष स्याङ्बोले बताउनु भयो ।

 रेडियो वितरण गर्दा एउटा घरमा एक भन्दा बढी जेष्ठ नागरिक भए पनि एउटा घरमा एक सेट रेडियो वितरण गर्ने तयारी गरेको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो ।

यस अघि कोरोनाको महामारीका बेला विद्यालयको पठन पाठन बन्द भए पछि रेडियोबाट शिक्षण सिकाईका कार्यक्रम सुन्न झापाको धुलाबारी नमूना माविले समेत विद्यार्थीहरुका लागि रेडियो सेट वितरण गरेको थियो 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *