Search
Close this search box.
Search
Close this search box.

रोङले सामुदायिक विद्यालयका विद्यार्थीको बैंकखाता खोली दैनिक एकरुपैयाँ जम्मा गरिदिने

रोङ गाउँपालिका

राेङ। अनावश्यक खर्च कटौती गरौँ, भविष्यको लागि बचत गरौँ भन्ने मूल उदेश्यका साथ इलामको राेङ गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका बैंकखाता खेलिने भएको छ ।

गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रमको कार्यविधि २०८० अन्तरगत बालबालिकाबाट दैनिक रु एक रुपैयाँ मागेर एक रुपैयाँ थपिँदिँदै बचत प्रोत्साहन र बानीको विकास गराउन लागेको हो ।

EPIC EPIC EPIC

बालबालिकाहरूको लागि एक रुपैयाँ अनिवार्य हाे, तर उनीहरूले आफूसँग भएको अन्य पैसा समेत उक्त खातामा जम्मा गर्न मिल्ने तर गाउँपालिकाले भने दैनिक एक रुपैयाँ मात्रै थपिदिने कार्यक्रम तिहार लगत्तै थालिने अध्यक्ष मनिकुमार स्याङ्बोले बताए बचत विद्यार्थीको तर्फ न्यूनतम रु एक वा सो भन्दा बढी र गाउँपालिका तर्फ रु एक रुपैयाँ थपिने छ।

गाउँपालिकाको वार्षिक ठूलो बजेट छात्रवृत्ति शीर्षकमा खर्च हुन्छ तथापि सबै विद्यार्थीले पर्याप्त छात्रवृत्ति पाउन सकेको छैन। छात्रवृत्ति बाढ्नु दिगो समाधान पनि होइन ।छात्रवृत्तिको स्थाई समाधानको लागि विद्यार्थीले दैनिक न्यनतम रु एक र गाउँपालिकाले दैनिक अधिकतम रु एक बचत गरि उच्च शिक्षाको लागि मात्र निस्कने सर्तमा बचत कार्यक्रम अघि सारिएको हो। यो छात्रवृत्तिको विकल्पको रुपमा पनि हेर्न सकिने अध्यक्ष स्याङ्बोले बताए ।

बचतको संस्कार सहित वित्तिय साक्षरताको विकास गाउँपालिकाले गराउने छ। स्कुल तहबाटै उद्यमशीलताको शिक्षा प्रदान गर्दै बेरोजगारी समस्या समाधान गर्न पालिकाले अभिभावक शिक्षा समेत थालनी गर्ने तयारी गरेको छ।

आफ्ना नानीहरूको शैक्षिक विकासमा अभिभावकहरूको जिम्बेवारी बोध गराउँदै समग्र वाल विकासमा अभिभावकहरूको भूमिका र जिम्मेवारीको अभिभावक शिक्षा लागू गरिने भएको हो।

यसअघि पालिकाले शिक्षकहरूलाई आईसीटी माध्यमबाट शिक्षण सिकाइ गराउन सबै विद्यालयहरूमा आईसीटी सामाग्री बितरण गरि अनुगमनको लागि सिसि क्यामेरा र ई-हाजिर जोडेर पालिकासँग कनेक्टिभिटी गरि अनुगमनको ब्यवस्था मिलाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *