Search
Close this search box.
Search
Close this search box.

रोङ गाउँपालिकामा थालियो ‘अभिभावक शिक्षा’ कार्यक्रम

रोङ। शिक्षाकाे बिकासमा साझेदार रहने अभिभावकहरुकाे लागि आजबाट अभिभावक शिक्षा सुरु गरिएकाे छ ।

बालबालिकाहरुकाे सिकाईलाई सार्थक र परिणाममुखि बनाउन शिक्षक र बिद्यार्थीहरुकाे सहभागिता अपुराे हुने र यसकाे जिम्वेवार पक्ष अभिभावकहरु समेत हुने भएकाेले विद्यालय,सिक्षण सिकाई र वालसक्रियतालाई थप प्रभावकारी बनाउन अभिभावकहरुलाई समेत शिक्षा दिन याे कार्यक्रम थालिएकाे गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाे सुवासले बताए ।

EPIC

गाउँपालिकाले अभिभावक शिक्षा सचालन गर्न कार्यबिधि बनाएर पाठ्यक्रम तैयार गरेर प्रशिक्षक छनाैँट र प्रशिक्षित गरि आजबाट बिद्यालयहरुमा खटाएकाे हाे । हरेक महिनाकाे एकदिन अभिभावकहरुलाई बिद्यालयमा वाेलाएर शिक्षाकाे महत्व र शैक्षिक गतिबिधि ,समस्या चुनाैति र भुमिकाकाे वारेमा कक्षा सचालन गरिने रत्यस दिन वालबालिकाहरु घरमै बसेर आमावाबुकाे काममा सहभागिता जनाएर दाेहाेराे जिवनउपयाेगि शिक्षाकाेलागि कार्यक्रम सहयाेगि हुने गाउपालिकाले अपेक्षा गरेकाे छ ।

आज गाउँपालिकाकाे ३० मध्ये ११ वटा विद्यालयमा अभिभावक शिक्षा चलेकाे र यसमा उल्लेखनिय रुपमा अभिभावकहरुकाे सहभागिता रहेकाे राेङ गाउपालिका शिक्षा शाखाले बताएकाे छ । वाकि बिद्यालयहरुमा आगामी केहि दिनमा कार्यक्रम सञ्चालन हुने भएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *