रोङ गाउँपालिकामा विद्यार्थीको रगत समूह पहिचान

राेङ गाउँपालिका अन्तर्गत वडा नम्बर ६ काे सरस्वती माध्यमिक बिद्यालयमा अध्यनरत वालवालिकाहरुकाे रगत समुह पहिचान गराइएकाे छ ।

जुनियर रेडक्रस सर्कल बिद्यालय ईकाईकाे अायाेजना,राेङ गाउँपालिका स्वास्थ  शाखाकाे प्राविधिक सहयाेग र बिद्यालयकाे ब्यवस्थापनमा गरिएकाे साे रगत  समूह पहिचान कार्यक्रमा राेङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले, ल्याव टेक्निसियन स्वास्थ्यकर्मी द्वय सन्ध्या राई र साेनिका खाम्दाकले प्राविधिक सहयाेग गरि १ सय ५८ जनाकाे रगत समूह पहिचान गराइएको थियाे ।
हरेक नागरिकले अाफ्नाे रगत कुन समुहकाे छ भनेर जान्नै पर्ने र बिद्यालयमा त अभिलेख समेत राख्नु पर्ने हुँदा बिद्यालयले गरेकाे प्रस्तावकाे अाधारमा सामुदायिक विद्यालौअमा पहिलाे पटक गाउँपालिकाले प्राविधिक सहयाेग गरेकाे राेङ स्वास्थ्य  शाखा प्रमुख युवराज काफ्लेले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

शहर र सुबिधासम्पन्न स्थानहरुमा सामान्य रहेपनि दुर्गम गाउँका बालबालिकाको रगत समुह पहिचान गराउँदा कतिपय अभिलेखहरु चुस्त दुरुस्त राख्न र प्रमाणिकरणकाे लागि सहज हुने बिद्यालयका प्रधानाध्यापक गाेबिन्द पाैडेलकाे भनाई रहेकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *