रोङ (पालिका सन्देश) । गुन्द्रुक, बेसार, चिया, मह, सिस्नो जस्ता कृषि उपजको उत्पादन र प्याकेजिङ गरेर बजारमा ल्याएको इलामको रोङ गाउँपालिकाले करेलाको सुकुटी पनि बजारमा ल्याएको छ । बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरेर तिते करेलालाई सुकाएर प्याकेजिङ्ग, ब्राण्डिङ्ग गरी रोङ गाउँपालिकाले बजारमा ल्याएको हो ।
यो बर्ष २०० किलोग्राम सुख्खा करेला तयार गरी बजारमा ल्याइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताएका छन् । उनले करेलाको अध्ययन अनुसन्धान अत्यन्तै सफल भएको बताए । बजार मूल्य कम हँुदा एक सिजनमा पचास हजार केजी काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण अन्तिम चरणमा छ । अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्वोले बताए ।
‘रोङ तिते करेला’लाई त्यतिकै गुन्द्रुकसंग मोलेर अचारको रुपमा खाना सकिन्छ, फ्राइ गरेर खाना सकिन्छ । तातोपानीले ५–१० मिनट भिजाए पुरानै स्वरुप तथा स्वाद आउनेछ र सधैझै विभिन्न तरिकाले पकाएर खाना सकिनेछ । रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रसोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह लगाव रहेको करेला खेती गर्दै आएका रोङ ३ प्युरेका लक्ष्मी लेप्चाले बताएका छन् ।