Search
Close this search box.
Search
Close this search box.

रौतहट छुरा प्रहारबाट एक युवकको हत्या

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएका छन् ।

रौतहटको कटहरिया नगरपालिका ५ सपहीका २५ वर्षीय सुनिल यादवको शुक्रबार साँझ छुरा प्रहार गरी हत्या भएको हो ।

EPIC

यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पसेर छुरा प्रहार गरेपछि उनको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

उनका अनुसार बायाँ कोखमा छुरा प्रहारबाट गम्भीर घाइते सुनिललाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो । घटना लगतै प्रहरीले छुरा प्रहार गर्ने साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

लामोसमयदेखि दुबै छिमेकमा एक आपसबीच बिबाद र रिसिइवी चलिआएको थियो । शुक्रबार साँझ बच्चाको विषयमा विवाद हुँदा साहले घरमै पसेर सुनिललाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *