Search
Close this search box.
Search
Close this search box.

लकडाउनमा चर्चामा आएको कन्याम

रजिन ढुङ्गेल, इलाम – पछिल्लो समय पर्यटकीय स्थलको रूपमा परिचित इलामको कन्यामले आफ्नो स्वरूप फेरेको छ ।नेपालका उत्कृष्ट पर्यटकीय स्थलहरू मध्ये कन्याम पनि एक हो । नागबेली र मिलेका डाँडामा फैलिएको चियाबारी बीचमा रहेको मेची राजमार्गको थप स्तरोन्नती भएपछि कन्यामले स्वरुप फेरेको हो । सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय, इलामको लगानीमा सडकलाइ फराकिलो बनाइ श्रृङ्गारेपछि कन्यामको सुन्दरता थप चम्किएको हो ।

कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको समयमा क्रमश कार्यहरू भएका थिए । सडकको स्तरोन्नति र रंगरोगन गरिएपछि कन्यामको सुन्दरतामा फोटो, भिडियो खिच्ने र टिकटक बनाउनेहरूको लहर लाग्न थालिसकेको छ । निषेधाज्ञा भए पनि सुन्दरतालाइ निहाल्न कन्याम घुम्नेहरुको संख्या ह्वात्तै बढेको पाइन्छ।
यससँग सँगै पर्यटकहरुका लागि पथमार्ग, घोडचढीका लागि घोडचढी मार्ग, ठेला पसल अर्थात उपहार ,पोशाक र चिया नास्ताको लागि व्यवस्थित पूर्वाधारको निर्माण गरिएको स्थानीय पर्यटन व्यवसायी टेकराज गिरीले जानकारी दिए ।

EPIC

उनले भने, ʼʼसडकलाइ थप बिस्तार र रङरोगन गरेपछि अहिले सामाजिक सन्जालमा कन्याम भाइरल बनिरहेको र यसले हामीलाइ विश्वभर चिनाउनेछ भन्दै आफूलाइ गर्व लागेको र थप हौसला मिलेको समेत जानकारी दिए।’ तर निर्माण सकिएलगत्तै सडक भत्किएको र खाल्डाहरु देखिएकाले नगरपालिकालाई आफूहरुले जानकारी गराइसकेको समेत उनले बताए ।
नेपालको पूरानो चिया बगानमध्येको कन्याम चिया पर्यटनका लागि पनि उत्कृष्ट मानिन्छ । तर सांघाइ ग्रुपले लिजमा लिएर संचालन गरिरहेको बगान मासेर नगरपालिकाले भौतिक संरचना निर्माण गरेको र चियाका बुट्टाहरुमा क्षति पुर्याएकोमा आपत्ति जनाउँदै आएको छ ।

यता नगरप्रमुख रणबहादुर राईले कन्याम पर्यटकीय स्थल बन्ने क्रममा रहेको बताए । उनले भने, अन्त्य हैन निरन्तर पर्यटकीय विकास हुँदै जानेछ। नगरपालिकाले सडकलाई फराकिलो बनाउने काम गर्यो । बजेटको अभावले लामो समय सडक बन्न सकेन । यस्तै उनले केहि ठॅाउहरू भत्किसकेका छन् भन्ने सामाजिक सन्जालमा पनि आईरहेको र केहि ठाउँमा प्रशस्तै सुधार गर्नु पर्ने रहेकाले त्यो निर्माण हुने बताएका छन । नगरपालिकाले यस बारेमा नजिकबाट निहाल्दै सडक डिभिजनसित समन्वय गरिरहेको समेत राईले जानकारी दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *