कचनकवल। कचनकवल गाउँपालिका क्षेत्रका विद्यार्थीहरूका लागि माघ २६ देखि २८ सम्म सञ्चालित खेलकुदको महाकुम्भ पथरिया खेल मैदानमामा सम्पन्न भएको छ । खेलको उपाधि कचनकवल २ मा रहेको लक्ष्मी प्रसाद देवकोटाले ६ स्वर्ण पदक हासिल गर्दै उपाधि हातपारेको हो।

कचनकवल गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएसँगै गाउँपालिकाका १६ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले खेलकुदको यस महाकुम्भमा प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका थिए।
कचनकवल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा माघ २६ गते सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका प्रमुख कालेन्द्र प्रसाद सिह राजवंशीले गरेका थिए।आज सम्म सञ्चालन भएको खेलमा जम्मा १४ वटा निम्न तलका बिधाहरुमा छात्र – छात्रा सहभागी भई मेडल र प्रमाणपत्र प्रदान गरिएको संवाददाता मनिष बरालले जानकारी दिएका छन्।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने खेलाडीहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन्।



कचनकवल

गाउँपालिका प्रमुख कालेन्द्र प्रसाद सिह राजवँशीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई ,शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मनिता बराल ,शिक्षा,युवा तथा खेलकुद शाखा प्राविधिक सहायक सुनिता दाहाल ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र सुमन ,नेपाल शिक्षक महासँघ कचनकवल अध्यक्ष भैरव प्रसाद सिह राजवँशी ,कचनकवल-३ वडाध्यक्ष ग्यास अजमल मियाँ ,कार्यपालिका सदस्य उमाशंकर गणेश लगायतले मन्तव्य राखेका थिए।