एउटा ब्याट्री सकिएको घडी सायदै बुवाले करिब ६० को दशकमा किनेर ल्याउनु भएको थियो । आजपनि भित्तामा झुण्डिरहेको छ अनि उसको अघि आउने जोकोहीलाई हेरिरहेको छ । कहिलेकाहीं अकास्मात रातको निद्रा ब्युझ्याउनेगरि चल्छ अनि निद्रा बिथोल्दछ । घडी बन्द रहेपनि समय जो आफ्नै चालमा चलिरहेछ ।
लाङ्गलिङ्ग पसपते अनि रानीबनका ती यमानका रुखहरुको अस्तित्व आज छैनन जो ईतिहासका कालखण्डमा ईतिहास पुरुषहरुसङ्गै बिलाएर गए । आज समाज छ आफ्नै चालमा चलिरहेछ अनि आफ्नै रफ्तारमा बामे सरिरहेछ । एउटा फुङ्ग उडेको डिल कुरुङ्ग खोलाको छेवैमा छ अनि नजिकै एउटा कुवा सुसाईरहेछ। छ त आज ईतिहासको त्यो कुवा जो आज पनि अबिचलित रहि त्यही निश्चल अनि मन्द मुस्कानमा आफ्नो धर्म निभाईरहेछ । म त्यही कुवाको डिलमा धमिल धमिल पानीमा आफ्नो मुहार हेरिरहेछु । कहिले काहीं प्यास लाग्छ अनि मन भौतारिन्छ त्यस बखत यो कुवाको पानी अञ्जुलीमा उठाई एक घुट्की पिउदछु । मन शान्त हुन्छ अनि आफ्नै लयमा घर फर्कन्छु ।
यात्रा जारी छ । जीवन भोगाई रहेछ । म पनि भोग्दै छु अनि दौडदै छु । समाजको अघि या पछि । सङ्ग सङ्गै सबै सङ्ग दौडन नसकिने रहेछ । समाजमा विभिन्न अनुहारहरु हुन्छन आफुले एउटा ऎनामा हेरेको आफ्नु मुहार जस्तो सबैको मुहार खोज्न थालियो भने एक दिन यहि हाम्रो समाजले हामीलाई उल्टो ऎनामा अर्काको मुहार देखाई लाली दल्न उधत पनि हुँदो रहेछ । कहिले काहीं ओशोका किताबहरु पढ्दछु अनि युटुबमा विभिन्न दर्शनात्मक भिडियोहरु हेर्दछु । आनन्द आउदछ कमसेकम भिडियो हेरुन्जेल । दर्शन र सहित्यको रसले जिवनका पाटाहरुमा धेरै फरक ल्याउदछ्न एक पटक गहिरो अध्ययन गर्नुस । कहिले काहीँ तपाईलाई एकान्तमा हास्ने सारथि समेत तपाईको दर्शन र साहित्यका खुराकहरु हुन पुग्दछ्न ।
यथार्थमा । युवा शब्दको परिभाषा साहित्य, दर्शन अनि हाम्रो पुर्बिय दर्शनका ग्रन्थहरुमा केही खोज्ने प्रयास गरे । बिषय मेरा निमित्त सरल रहेता पनि अध्ययनले गहन हुन बाध्य पुर्यायो । हाम्रो सोच कल्पना अनि ब्यवहारका युवा भन्दा गहिरो युवा मेरो अध्ययन ले भेट गरायो । जब मैले युवा अनि केही बुझेका भन्ने मानिसहरु सङ्ग सङ्गत गर्न पुगे । वास्तवमा युवा एउटा उमेर अनि उसको बाहिरी सजावटले ब्याख्यागर्ने हाम्रो प्रचलन भन्दा बढो गजबको यथार्थ बोकेको एउटा सोधको बिषय रहेछ । मैले ठानेको युवा हिजो मैले देख्दा पनि त्यही थियो जो आज छ । फरक यति छ कहिले एउटा खुट्टा दायाँ त कहिले बायाँ । युवा शब्दले बोक्न पर्ने ओज भन्दा समाजको बोझ धेरै थियो । समयको क्रम सङ्गै समाजले धेरै युवा जन्माए बयस्क भए अनि प्रौढ तर पनि आज मलाई तिनै प्रौढहरु युवा लागीरहेछ्न । मेरो अध्ययन र चेतनाले आज पनि त्यही दुर्दर्शीता जसले स्कुल,मठ,मन्दिर अनि हाम्रा आवश्यकताका कयन कुराहरु हाम्रा भोलिका दिनका निमित्त सुम्पेर गए तिनलाई युवा मानी रहेछ । आखिरकार म युवा नै किन रहनु जब म समय सङ्ग चल्न सक्दिन, समाजको आवश्यकता अनुसार आफुलाई बदल्न सक्दिन अनि आफ्नो वास्तबिक प्रौढ सोचलाई बदल्न चाहन्न भने ? हो , घरी घरी मलाई भित्ताको त्यही घडीले गिज्याउदछ त युवा कि म भनेर । आज पनि ब्याट्री सकिएको धेरै समयमापनी घरी घरी ती सुईराहरु दौडन खोज्दछन म भने त्यही छु जहाँ आफ्ना धेरै बसन्तहरु धेरै अघि गुज्री सकेका थिए ।
समाजले धेरै गुमाएको छ । केही गरौ र अघि बढौ भन्ने उमेरका धेरै युवाहरु बिदेशिएका छ्न । भोलि म नि मेरो छोरोलाई त्यही साउदीको मरुभुमीमा पठाउदैछु । मैले आज सम्म परिवर्तननै अङ्गाल्न सकिन त मैले यसको अपजस मेरो सन्तानलाई दिन हुन्न, त्यसैले अहं मेरो छोराछोरी बाहिर जानै पर्दछ ! आखिरकार उल्लेखित वाक्यांश पनि त हाम्रो जिवनमा मेल खान जान सक्ला नि हैन र ! सबैले म म भन्ने बेला आएको छ । हिजोका बितेका दिनलाई सम्झेर आजको दिन निर्माणका निमित्त हामी उधत नहुने हो भने भोलि को तपाईको मेरो अनि हाम्रो सन्ततिको भबिस्य हेर्नुस त तपाईं हाम्रो आङ्गनिमा झलझलती छ अब त खुला सोच राखौ अनि हातेमालो गरौं अब के का निमित्त हाम्रो स्वार्थ । भोलिको उजाड गाउँ बेसि आजै नजरमा आईसकेको छ । यहि अवस्थामा कि तपाईले कि मैलेनै हो हाम्रो नाङ्गो गाउँ बेसि रुङ्ने त ।
समाज निर्माणका निमित्त हाम्रो दर्शन, कला साहित्य अनि सिर्जनाका उपजहरु युवा हुन । जो सङ्ग आजको दिन निर्माण गर्नका निमित्त भोलीको दिन अर्पण गर्न सक्ने सोच बिचार अनि लगन छ नजर अन्दाज नगरौ ! कृपया गर्छु र गरौं भन्ने भावना जागृत गराउन सकारात्मक सोचौ अनि अघि बढ्न हौसला प्रदान गरौं ! एउटा असल समाज निर्माणमा हाम्रा ईतिहासको बिरता को अध्ययननै हाम्रा निमित्त उल्लेख्य स्रोत हुन सक्दछ्न । आजको तपाईको एउटा सकारात्मक सोचले भोलिको हाम्रा पिढिको भबिस्य निर्माण गर्न एउटा ईटा थप्ने पक्का छ । अहिलेको लक्ष्य हिन समाजको दिशा अब बिगतका अनुभव अनि वर्तमानका हौसलाहरु एक ठाउँमा आएक भने मात्र सम्भव छ । लक्ष्य हिन यात्राका सारथि बन्ने भन्दा अब हामी लक्ष्य सहितको समाज निर्माणका सेतुहरु बन्न हात उठाऔ ! देशलाई अब युवा अनि युवालाई देशको खाचो अपरिहार्य छ ।