लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार, आज झन्डै ६ अङ्कले ओरालो लाग्याे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन आज मङ्गलवार पनि घटेको छ । आइतवार ११ र हिजो साेमवार झन्डै एक सय अङ्कले घटेको नेप्से आज पाँच दशमलव ९२ अङ्कले घटेर दुई हजार आठ सय १४ दशमलव ७४ विन्दुमा झरेको छ । 

आज जीवन बीमा समूहबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । ९७ लाख ८४ हजार कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सोरेन्सको २६ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

EPIC EPIC EPIC EPIC EPIC

आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *