Search
Close this search box.
Search
Close this search box.

लम्पी स्किन रोगको संक्रमण वढ्दै

screenshot 2023 05 16 165639

दिपेन्द्र लुईटेल भोजपुर । विभिन्न प्रकोप वढे सगै घर पालुवा पशुचौपायाहरुमा लम्पि स्किन रोगको संक्रमण वढ्दै जान थालेको छ ।

स्थानिय पालिकाहरुले समेत रोग नियन्तणका लागि सचेत वन्न थालेको छन । घरपालुवा पशुचौपायामा लम्पी स्किन रोगको कारण किसान चिन्तित वनेको अवस्थामा स्थानिय तहहरु जागरुक हुनु पर्ने भोजपुर नगरपालिका ११ आम्तेकका वडाध्यक्ष अशोक राईले वताउनुभयो । राईले भन्नुभयो “गाई गोरुमा देखिएको रोग नियत्रणको लागि भोजपुर नगरपालिकाले निःशुल्क औषधिको व्यवस्था गरेको छ , यस वडामा पनि स्थलगत पशु सेवा दिनका लागि व्यबस्था मिलाएका छौ । ”

EPIC EPIC EPIC

धमाधम वालिनालि लगाउने वेलामा संक्रमण हुन थाले पछि आफुहरु चिन्तित वनेको किसानको गुनासो रहेको छ । संक्रमण विरुद् भ्याक्सिन प्रयाप्त नहुदा ग्रामिण भेगमा पशुचाैपाया मर्न समेत थालेका छन । हावापानि ,पशुको सम्पर्क साथै लामखुट्टे, झिंगा भुसुना जस्ताको टोकाइवाट एक देखि अर्कोमा सर्ने गरेको छ ।

गाँइवस्तुको छालामा विविरा आउने ,पाक्ने र कडा ज्वरो आउने प्रकोप वढेको छ । गर्मि वडे संगै रोग वढेको पशु सेवाकर्मिहरुको भनाई रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *