लाखौं जनता सडकमा आएभने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउने गरेको बताएका छनु ।

सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

उनले देश बिग्रियो भने युवाको भविष्य विग्रने दाबी गरे । उनले देशका तीन ठूला दलका नेताहरुका कारण देश विग्रिएकाले युवाहरुको भविष्य अन्योलमा परेको बताए ।
उनले तीन करोड जनसंख्या भएको देशमा ६० लाख भन्दा बढी विदेशमा छन् भने देशको अवस्था  कस्तो होला भन्दै प्रश्न गरे ।

उनले  शान्तिपुर्वक ढंगले लाखौं जनता सडकमा आयौँ भने एकै दिनमा गणतन्त्र समाप्त हुने  बताएका थिए ।  
त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैमा भरपर्ने बताए ।

उनले भ्रष्टचारीका विरुद्द एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको सविंधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *