बुधबारे । दारी ग्याङ झापाले बुद्धशान्तिमा लागूऔषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
बुद्धशान्तिको तीन स्थानमा बुधबार लागूऔषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक कचरी नाटक मंचन गरेको थियो । बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र परिवर्तन थिएटर काँकरभिट्टाको नाटक मंचनमा कार्यक्रम सम्पन्न भएको हो।
सीतारमेश बहुमुखी क्याम्पस बाट सुभारम्भ भएको नाटक मंचन बुद्धआदर्श मावि र बुद्धशान्ति -३ स्थित बुधबारे तल्लो चोक गरस् दुई शैक्षिक संस्था र एक सार्वजनिक स्थलमा मंचन भएको थियो ।

सीतारमेश बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु माझ लागूऔषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक नाटक मंचन भएको थियो। दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको थियो भने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,क्याम्पस संचालक समिति अध्यक्ष जय प्रसाद भण्डारी ,संचालक समिति सदस्य मनेश दाहाल ,दारी ग्याङ केन्द्रिय सदस्य नुतन ढकाल सहित दारी ग्याङ झापाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति बिच क्याम्पसमा अध्ययनरत विद्यार्थी ,क्याम्पसका प्राध्यापक र विद्यार्थीहरु माझ परिवर्तन थिएटर काकडभिट्टा बाट कचरी नाटक मंचन भएको हो।

यसैगरी बुद्ध आदर्श माविमा भएको सचेतनामुलक नाटक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी , कक्षा १० सम्मका विद्यार्थी र कर्णाली एजुकेसन फाउन्डेसनका कक्षा ११ र १२ का विद्यार्थीहरुको उपस्थिति बिच मंचन भएको थियो। यस नाटक मंचन कार्यक्रममा बुद्धशान्ति वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारी ,विद्यालय प्रधानाध्यापक कृष्णराज भण्डारी ,विद्यालय शिक्षक ,अभिभावक संघका अध्यक्ष राजेन्द्र राई,आशिर्वाद प्रतिष्ठान सुधार केन्द्रका अध्यक्ष प्रेम साँवा सहितको उपस्थिति रहेको थियो।
त्यसैगरी बुद्धशान्ति ३ स्थित बुधबारे तल्लो चोकमा तेस्रो नाटक मंचन भएको थियो। जहाँ तल्लो चोकमा अवस्थित ब्याक्तित्वहरुको बाक्लो उपस्थिति बिच नाटक मंचन गरिएको थियो। बुद्धशान्ति वडा न ६ का वडाध्यक्ष शिवराज पौड्यालको प्रमुख आतिथ्य ,बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद उप्रेती ,बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह देव,सामाजिक ब्याक्तित्वहरु चन्द्रप्रकाश कोइराला ,कृष्ण खतिवडा ,गणेश खरेल ,राजु उप्रेती ,इलाका प्रहरी कार्यालय बुद्धशान्ति ,ट्राफिक प्रहरी बुद्धशान्ति सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

तीनै स्थानमा भएको कार्यक्रमको स्वागत सहित कार्यक्रमको औचित्य बारे दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गरेका थिए ।
कार्यक्रमको संयोजन दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाले गरेका थिए भने सचेतनामुलक कचरी नाटक परिवर्तन थिएटर काकडभिट्टा बाट मंचन भएको दारी ग्याङ झापाका उपाध्यक्ष मनिष दाहालले जानकारी दिए।
देशैभर विभिन्न सामाजिक कार्यमा गालामा दारी काधमा जिम्मेवारी भन्ने स्लोगनका साथ सक्रिय दारी ग्याङ झापाले पछिल्लो ६, ७ वर्ष देखि निरन्तर सामाजिक कार्यमा अग्रसर भैरहेको देखिन्छ।
लागु औषध सेवनले युवाहरु लाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्र लाई नै हानी गरिरहेको हुँदा यस बाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ यो नाटक मंचन गरिएको बताइएको छ।
साथै यसै कार्यक्रम अन्तरगत बुद्धशान्तिका विभिन्न वडामा समुदाय स्तरमा लागु औषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक सन्देश प्रवाह गराउने भिडियो सामाग्री प्रोजेक्टर मार्फत प्रदर्शन गरिने कार्यक्रम समेत रहेको दारी ग्याङ झापाको तयारी रहेको छ ।
बुद्धशान्ति गाउँपालिका बाट दारी ग्याङ झापा लाई यो खालको सकारात्मक सन्देश प्रवाह गराउने कार्यक्रम लाई आर्थिक सहयोग र समन्वय गरिएकोमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले विशेष आभार व्यक्त गर्दै आगामी दिनमा गाउँपालिका संगको सहकार्यमा थप सामाजिक सुधारका कार्यक्रम लिएर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
